वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

डिसी नेपाल
२० मंसिर २०७८ १२:२५
496
Shares

यांगुन। वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय ताेकिएकाे छ। म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ। यसबाहेक उनीविरुद्ध ११ अ‌ाराेप लगाइएकाे छ। सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छिन्।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ। सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *