गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कोइरालालाई
काठमाडौं । गृह मन्त्रालयको प्रवक्ता फणिन्द्रमणी पोखरेल अमेरिका जाने भएपछि उनको प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीपकुमार कोइरालाले पाएका छन् । मन्त्रालयको व्यवस्थापन महाशाखामा कार्यरत कोइरालालाई सोमबारदेखि प्रवक्ताको पनि जिम्मेवारी तोकिएको हो ।
प्रवक्ताको जिम्मेवारीमा रहेका सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत फणिन्द्रमणि पोखरेल कर्मचारी प्रशासन महाशाखामा सरुवा भएका छन् । तर उनी त्यसअघि नै अमेरिका भ्रमणमा जाने भएकाले प्रवक्ताको जिम्मेवारी कोइरालालाई तोकेको हो ।
शान्ति सुरक्षा महाशाखामा कार्यरत सहसचिवलाई प्रवक्ताको जिम्मेवारी दिइने भए पनि यस पटक अर्कै शाखामा कार्यरतलाई तोकिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment