दाङमा मिनी ट्रक र मोटरसाइकल ठोकिंदा एकको मृत्यु

डिसी नेपाल
२१ मंसिर २०७८ १०:४८
64
Shares

दाङ। दाङमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार बेलुका लमही नगरपालिका–६ देउपुरमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारी अनुसार मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र लमहीबाट मध्यनगर तर्फ जाँदै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो।

घाईते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागी बुटवल लाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.