१० वर्षकी बालिकाले मेहनतले मासिक डेढ करोड कमाइन्, १५ वर्षको उमेरमा रिटायर हुँदै

डिसी नेपाल
२१ मंसिर २०७८ ११:३३
512
Shares

काठमाडौं। १० वर्षकी एक बालिकाले आफ्नो खेलौनाको व्यापारबाट यति धेरै पैसा कमाउँछिन् कि उनी १५ वर्षको उमेरमा रिटायर हुन सक्छिन् । पिक्सी कर्टिस नामकी यी बालिकालाई व्यवसाय सुरु गर्न उनकी आमा रक्सीले सहयोग गरेकी छिन् । पिक्सीले पछिल्लो एक महिनामा मात्र २ लाख अस्ट्रेलियन डलर (१ करोड ७० लाख रुपैयाँ) कमाएकी छिन् ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार अस्ट्रेलियामा बस्ने पिक्सीले आमासँग मिलेर फिजेट्स र रंगीन पपिङ खेलौना बनाउँछिन् । यी खेलौनाको माग अत्याधिक छ । यसका अलावा पिक्सीको नाममा एउटा कपालसम्बनधी औजारहरुको ब्राण्ड पनि छ । यो उनकी आमा रक्सीले बनाएकी हुन् । यसमा सुन्दर र स्टाइलिस हेडब्याण्ड, क्लिप र अन्य सामानहरु छन् ।

रक्सीले एक अन्तरवार्तामा भनिन् ‘मेरो लागि सबैभन्दा रोमाञ्चक कुरा उद्यमशीलताको भावना हो जो मेरी छोरीसँग यति सानो उमेरमै छ । यो दक्षता मभित्र कहिल्यै थिएन । म पनि सफल हुन चाहन्थें । तर, मेरी छोरीले यति सानो उमेरमा व्यवसायलाई सफल बनाएर मेरो पनि सपना पूरा गरेकी छिन् ।’

रक्सी आफैंले पनि १४ वर्षको उमेरमै म्याकडोनाल्ड्समा काम गर्थिन् । उनले त्यति मात्र कमाउन सक्थिन् जति एक जागिरेले कमाउन सक्छ । रक्सीले भनिन् ‘मेरी छोरीका कारण नै मैले उद्यमी बन्ने अवसर पाएँ । खुसीको कुरा मेरी छोरीले त्यो सबै यति कम उमेरमै पाइन् जो मैले अहिले मात्र पाएकी छु ।’

रक्सीका अनुसार उनीहरुले पिक्सीको लागि सबै योजना बनाएका छन् ताकि उनले १५ वर्षको उमेरमै रिटायर हुन सकुन् । पिक्सी अहिले सिड्नीको प्राथमिक विद्यालयमा पढ्छिन् । तर, यो उमेरमा पनि पिक्सी र उनका भाइसँग २ लाख ६५ हजार अस्ट्रेलियन डलर (२ करोड २५ लाख रुपैयाँ) मूल्य पर्ने मर्सिडिज बेन्ज कार छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *