७ वर्षका छोरासँग खिचेको फोटोका कारण अभिनेत्रीलाई ९० दिनको जेल सजाय, यस्तो थियो फोटो

डिसी नेपाल
२१ मंसिर २०७८ ११:५६

काठमाडौं। आफ्ना ७ वर्षका छोरासँग खिचेको तस्वीरका कारण अभिनेत्री अकुआपेम पोलोलाई ९० दिनको जेल सजाय सुनाइएको छ । पश्चिम अफ्रिकी देश घानाकी यी अभिनेत्रीलाई रोजमंड ब्राउनको नामले समेत चिनिन्छ । उनले जून २०२० मा आफ्ना छोराको जन्मदिनमा छोरासँग नग्न फोटो खिचाएकी थिइन् । फोटोमा उनी पूरै नग्न र उनका छोरा अर्धनग्न अवस्थामा थिए । फोटो सामाजिक संजालमा भाइरल भएको थियो ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार यो मामिलामा रोजमंडको अपिल अदालतले खारेज गरिदिएको छ । अब उनी ९० दिन जेलमा बस्नुपर्नेछ । अप्रिलमा पनि यो मामिलामा सुनुवाइ भएको थियो र रोजमंडलाई ९० दिनको जेल सजाय सुनाइएको थियो । तर, रोजमंडले यसविरुद्ध अपिल दायर गरेकी थिइन् जसलाई अहिले अदालतले रद्द गरिदिएको छ ।

३१ वर्षकी रोजमंड सिंगल मदर हुन् । उनको नग्न तस्वीर सार्वजनिक भएपछि बबाल भएको थियो । उनी यो तस्वीरमा नग्न थिइन् भने उनका छोराले केवल शर्टस लगाएका थिए । न्यायाधीशले यो मामिलामा सुनुवाइ गर्दै यसलाई एक तरिकाको घरेलु हिंसा भनेका थिए । न्यायाधीशले यो फोटोले बच्चाको गरिमामा ठेस पुर्याएको बताएका थिए ।

न्यायाधीश क्रिस्टिना केनले सामाजिक संजालमा नग्न तस्वीर पोस्ट गर्ने संस्कृति चिन्ताजनक भएको बताएकी थिइन् । न्यायाधीशले भनेकी थिइन् ‘के यी महिलाले आफ्नो बच्चासँग यसरी तस्वीर पोस्ट गर्नुभन्दा पहिले सोधेकी थिइन् ? के उनले आफ्नो छोराको गोपनीयताको सम्मान गरिन् । प्रस्ट छ, उनले यस्तो गरिनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *