विशाल गर्ग : जूम कलमा ९०० कर्मचारीलाई जागिरबाट निकाल्ने यी सीइओ को हुन् ?

डिसी नेपाल
२१ मंसिर २०७८ १५:५६
4.7k
Shares

काठमाडौं। घरको लागि ऋण दिने डिजिटल मोर्गेज कम्पनी बेटर डटकमका भारतीय मूलका अमेरिकी सीइओ विशाल गर्गले बुधबार एक जूम कलको क्रममा ९०० कर्मचारीलाई जागिरबाट निकालिदिए । यो जूम कलको भिडियो सामाजिक संजालमा धेरै शेयर भइरहेको छ । जागिरबाट निकाल्नुभन्दा पहिले भारतीय–अमेरिकी सीइओले यो फैसलाको लागि बजारको कार्यक्षमता, प्रदर्शन र उत्पादकताको हवाला दिए ।

सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा ४३ वर्षका गर्गले भनेका छन् ‘यो एक यस्तो खबर हो जुन तपाइँ सुन्न चाहनुहुन्न । यदि तपाइँ यो कलमा हुनुहुन्छ भने तपाइँ त्यो अभागी समूहमा हुनुहुन्छ जसलाई बन्द गरिँदैछ । तपाइँको जागिर यहाँबाट तुरुन्त लागू हुने गरी समाप्त हुन्छ । यो मेरो फैसला हो र यो तपाइँले मबाट नै सुन्नुपर्छ । यो मेरो लागि चुनौतीपूर्ण फैसला थियो । मेरो करियसमा यो दोस्रो पटक हो जब मैले यस्तो गर्नु परिरहेको छ र म यो बिल्कुलै गर्न चाहन्न । अन्तिम पटक मैले जब यो गरें त्यतिबेला म रोएको थिएँ । तर मलाई आशा छ यस पटक म बलियो रहनेछु ।’

भिडियोमा उनले कर्मचारीहरुलाई यसबारेमा पूरा जानकारी एचआरको इमेलबाट प्राप्त हुने बताएका छन् । जति कर्मचारीलाई निकालिएको छ उनीहरु कम्पनीका करिब १० हजार कर्मचारीमध्ये ९ देखि १५ प्रतिशत भएको बताइएको छ । क्रिसमसभन्दा पहिले यो फैसलापछि सामाजिक संजालमा विशाल गर्गले आलोचनाको सामना गर्नु परिरहेको छ । कम्पनीकै एक कर्मचारीले यो जूम कललाई रेकर्ड गरेर त्यसलाई सार्वजनिक गरेका थिए ।

इन्डिपेन्डेन्ट न्युज वेबसाइटका अनुसार विशाल गर्गमाथि पहिले पनि आफ्ना कर्मचारीको अपमान गरेको आरोप लाग्दै आएको छ । यसका अलावा उनीमाथि आर्थिक धोखाधडी र अनियमितताको आरोप पनि लागिसकेका छन् । ७ वर्षको उमेरमा विशाल आफ्ना परिवारको साथमा भारतबाट न्युयोर्कको क्विन्स आएर बसेका थिए । २०१९ मा एक पडकास्टमा गर्गले हाइस्कुलमा आफ्नो झुकाव व्यापारप्रति भएको र आफूले त्यतिबेलै साथीहरुलाई क्लिफनोट र अन्य किताब बेचेको बताएका थिए ।

उनको दावीअनुसार उनले इबेमा किफायती पसलका कपडाहरु पनि बेचेका थिए तर यी दावीको पुष्टि हुँदैन । सन् २००० मा गर्गले आफ्ना हाइस्कुलका साथी प्रवासी रजा खानसँग एक निजी ऋण कम्पनी खोले जसले विद्यार्थीहरुलाई ऋण दिन्थ्यो । यसको नाम माइ रिच अंकल राखिएको थियो । यही क्रममा गर्गले न्यूयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेसमा भर्ना भए तर उनले बीचमै पढाइ छोडे ।

अमेरिकामा आर्थिक संकटको क्रममा माइ रिच अंकल कम्पनी टाट पल्टिएको घोषित भयो । त्यसपछि रजा र विशालले इआइएफसी नामको नयाँ प्रोजेक्ट सुरु गरे । यो प्रोजेक्टले पनि माइ रिच अंगलले जस्तै घर धनीहरुलाई ऋण लिनको लागि ऋणका शर्तहरुको बारेमा बैंकको जानकारी दिन्थ्यो । २०१३ सम्म आइपुग्दा विशाल र रजाबीच कम्पनीको वित्तिय स्थितिका विषयमा मतभेद उत्पन्न भयो ।

रजाले कम्पनीको वित्तिय स्थिति हेर्ने गर्गले व्यवसायिक कर नतिरेको र ३ मिलियन डलर कम्पनीबाट निकालेर आफ्नो व्यक्तिगत बैंक खातामा सारेको आरोप लगाए । त्यसपछि गर्गले रजामाथि ४ लाख डलर चोरी गरेको आरोप लगाए जसलाई रजाले अस्वीकार गरे । यस क्रममा गर्गले केही आपत्तिजनक टिप्पणी पनि गरे जसका लागि उनले पछि माफी मागे ।

२०१३ मा विशाल गर्गले आफ्नी पत्नीसँग मिलेर बेटर डटकमको सुरुवात गरे जसले आफ्नो घर किन्नेहरुलाई डिजिटल रुपमा ऋण दिलाउन सहयोग गर्छ । नयाँ र तीब्र रुपमा अगाडि बढिरहेका कम्पनीमा यो कम्पनीको नाम पनि जोडियो । कम्पनी बनाउने बेला आफ्नो फाउण्डिङ नोटमा विशालले लेखेका थिए ‘पुराना कागजात र फोनका आधारमा प्रोसेसिङ बिना अनलाइन ऋण दिनको लागि मैले एक जना पनि ऋणदाता पाइन । कसैले पनि मेरो समय तालिकाको हिसाबले काम गर्दैनथ्यो ।’

जून २०२१ मा गर्गले दावी गरेका थिए कि उनको कम्पनी यो स्तरसम्म पुगिसकेको छ कि जहाँ ऋणका लागि प्रि अप्रुभल ३ किनेटमा लिन सकिन्छ । उनले भनेका थिए ‘हाम्रो टिम आज आकारमा ३ गुणा भइसकेको छ । हामी केवल दक्ष र ऊर्जावान व्यक्तिहरुलाई जोडिरहेका छौं जो हाम्रो मिशनमा विश्वास राख्छन् र हामीले अहिले सुरुवात मात्र गरेका छौं । यद्यपि २०१९ मा पनि कम्पनीभित्र वित्तिय अनियमितताको आरोप लागे । पछिल्लो मार्केट रिपोर्टअनुसार सफ्टबैंकले हालै यो कम्पनीलाई ७५ करोड डलरको फण्डिङ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *