३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त अग्रवाल धरौटीमा छुटे
काठमाडौं । इन्टरपोल प्रहरीको सहयोगमा नेपाल प्रहरीले दुबईबाट नेपाल ल्याइएका साढे ३३ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । अग्रवाललाई जिल्ला अदालत मोरङले मंगलबार दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
न्यायाधिश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरी आइतबार काठमाडौं ल्याएको थियो । सोमबार विराटनगर पुर्याइएको अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो ।
सुन तस्करी गिरोहका नाइने चुणामणि उप्रेती ‘गोरे’सहित ७७ जनाविरुद्ध दायर मुद्दामा अग्रवाल प्रतिवादी थिए । तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएपछि सो गिरोहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए । न्यायाधीश भरत लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाएका छन भने शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भएका छन् ।
चुडामणी उप्रेती गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो । सो विषयमा नेपाल प्रहरी र गृहमन्त्रालयले अनुसन्धान गरेको थियो । हत्या अभियोगमा प्रहरी र सुन तस्करीको सम्बन्धमा गृहमन्त्रालयका तत्कालिन सहसचिव इश्वर पौडेलको संयोजकत्वमा अनुसन्धान समिति बनाएको थियो । सोही समितिले दिएको प्रतिवेदनको आधारमा अग्रवाललाई प्रतिवादी बनाइएको थियो ।







डिसी नेपाल








Facebook Comment