लैङ्गिक हिंसाविरूद्ध कानूनी साक्षरता कार्यक्रम
काठमाडौं।‘लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान’ अन्तर्गत आज राजविराजमा कानूनी साक्षरता कार्यक्रम भएको छ । साक्षरता कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले लैङ्गिक हिंसा रोकथामका लागि कानूनी र व्यवहारिक ज्ञानमार्फत सचेत बन्दै–बनाउँदै अभियानलाई प्रभावकारी र सार्थक बनाउनुपर्ने बताए । सोह्र दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिँदै पोखरेलले परापूर्वकालदेखि चलिआएको रूढीवादी सोच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोचमा परिवर्तन आवश्यक रहेको बताए ।
जिल्ला बार एकाइ सप्तरीको संयोजनमा भएको कार्यक्रममा एकाइका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारका निम्ति आवाज उठाउनुपर्ने बताए । अधिवक्ता मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रका साथै विद्यार्थीमा व्यावहारिक र कानूनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए । हिंसा नगर्न र नसहन तथा हिंसाको प्रतिवाद गर्न आवश्यक रहेको भन्दै उनीहरुले संवैधानिक र कानूनी व्यवस्थाबारे जानकारी दिए।
सोह्र दिने अभियान मूल समारोह समितिका अध्यक्ष अनिता देवकोटको उपस्थितिमा भएको कार्यक्रममा सचिव सुधा देव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक सुरेश पाल, एकल महिला समूहकी मन्जु साहलगायतले लैङ्गिक हिंसाबारे बोलेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment