फरवार्ड माइक्रोफाइनान्सले गर्यो बम्पर लाभाशं घोषणा, बोनस र नगद कति ?
काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालन समितिको ११२औँ बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरि कुल ४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको ३५ प्रतिशतले हुन् आउने २१ करोड ८९ लाख ३१ हजार ७ सय ३७ रुपैयाँ ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशतले हुन आउने ४ करोड ३७ लाख ८६ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ५५ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र आफ्नो सेयरधनीहरुलाई बितरण गरिने छ ।







डिसी नेपाल








Facebook Comment