आर्थिक अभावका कारण स्पिरिट एयरलाइन्स बन्द हुँदै
काठमाडौं । अमेरिकी कम बजेटको एयरलाइन्स पतनको संघारमा पुगेको छ। आर्थिक संकटमा परेको अमेरिकी एयरलाइन्स स्पिरिट शुक्रबार सरकारबाट आवश्यक आर्थिक सहयोग प्राप्त गर्न असफल भएपछि पतनको संघारमा पुगेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एयरलाइन्सलाई बचाउने आफ्नो प्रयासमा असफल भएका छन्। ट्रम्पले भनेअनुसार उनको प्रशासनले करदाताको पैसाले बजेट एयरलाइन्सलाई टाट पल्टिनबाट रोक्नको लागि अधिग्रहण गर्न “अन्तिम प्रस्ताव” गरेको थियो, तर सम्झौतामा पुग्न असफल हुँदा एयरलाइन्सको भविष्य शंकामा परेको छ।
रोयटर्सको एक रिपोर्टमा कम्पनी अब बन्द हुने तयारीमा रहेको उल्लेख छ। स्पिरिट एयरलाइन्स वा ट्रम्प प्रशासनबाट तत्काल कुनै टिप्पणी आएको छैन। रिपोर्टमा थप भनिएको छ – दुई वर्षमा यो दोस्रो पटक हो जब एयरलाइन्स बैंकरप्ट प्रक्रियामा परेको छ, तर यस पटक यसले सञ्चालन स्थगित गरिरहेको छ। ट्रम्पले गत हप्ता एयरलाइन्सलाई आर्थिक सहयोग प्रदान गर्ने बारेमा विचार गरेका थिए, तर कम्पनीले कुनै आर्थिक सहयोग पाएको छैन।
स्पिरिट एयरलाइन्सका वकिल मार्शल ह्युबनरले एयरलाइन्स बन्द हुँदा लगभग १७ हजार रोजगारीमा असर पर्न सक्ने बताए । कम्पनी कोभिड-१९ महामारीदेखि नै संघर्ष गरिरहेको छ। सञ्चालन लागत र ऋण बढ्दै गएको छ जसले कम्पनीलाई बोझ थपिरहेको छ।
बढ्दो इन्धन मूल्यले यस एयरलाइन्सको आर्थिक कठिनाइलाई झनै बढाएको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल १२६ डलर नाघेपछि इन्धनको मूल्य निरन्तर बढिरहेको छ, जसले गर्दा एयरलाइन्सलाई घाटा भएको छ। धेरै एयरलाइन्सले इन्धनको मूल्य नियमन गर्न सरकारलाई अपील समेत गरेका छन्।







डिसी नेपाल







Facebook Comment