खोप निर्मात कम्पनी फाइजर र वायो एनटेक भन्छन्, बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हन्छ

डिसी नेपाल
२३ मंसिर २०७८ ७:१०
112
Shares

न्युयोर्क। खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन्।

बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीले बताएका हुन्। अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमक्रिोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन्।

फाइजरको तेस्रो डोज लगाउँदा ओमिक्रोनलाई निस्तेज पार्न सकिने फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले जानाकारी दिए। ‘अहिले देखिएको नयाँ भेरियन्टको भाइरसबाट जोगिने सबैभन्दा प्रभावकारी तरिका भनेको बुस्टर डोज हो,’ उनले भने।

आफूहरुको अध्ययन प्रारम्भिक भएको र अझै थप अनुसन्धान आवश्यक भएको फाइजर एन्ड बायोएनटेकले जनाएका छन्। आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीले जनाएका छन् । आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुको भनाइ छ।

यसअघि विश्व स्वास्थ्य संगठनले अहिले प्रचलनमा रहेका खोपहरुले ओमिक्रोनका लागि काम गर्ने जनाएको थियो । ओमिक्रोनविरुद्ध अहिले प्रचलनमा आएका खोपहरुको प्रभावकारीतावारे विज्ञहरुले विभिन्न अनुसन्धान गरिरहेका छन्। ओमिक्रोन अहिलेसम्मकै खतरनाक भेरियन्ट भएको विज्ञहरुले बताउँदै आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *