दाङबाट एक लाख ९७ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
दाङ। जुवा खालबाट प्रहरीले नगदसहित ६ जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका- १३ डुम्मर गाउँका निमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक लाख ९७ हजार सातसय ५५ रुपैयासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा रहेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment