प्रधानसेनापति शर्माबाट भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफको निधनप्रति समवेदना प्रकट

डिसी नेपाल
२३ मंसिर २०७८ २२:००
64
Shares

काठमाडौं।प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ (सीडिएस) एवं नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत, उनकी श्रीमती मधुलिका र अन्य ११ सैनिकको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले नेपाली सेनालाई दुःखी तुल्याएको बताएका छन्।

प्रधानसेनापति शर्माले व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र रावत परिवारप्रति फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति शर्माले समवेदनामा भनेका छन्, “यस दुःखद् घटनाबाट म स्तब्ध भएको छु । भारतीय सेनालाई अपुरणीय क्षति भएको छ, नेपाली सेनाले एक सच्चा मित्रलाई गुमाएको छ, भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवङ्गंत आत्माको चीरशान्तिको कामना गर्छु ।” सन् २०१६ डिसेम्बर ३१ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनरल रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेका थिए।

जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा सहभागी भएका थिए । नेपाली सेनाले जनरल रावतको शुक्रबार नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी बालकृष्ण कार्की जाने जानकारी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.