रावतको मृत्युले चीन नीतिमा फरक पर्ने छैन भारतलाई
नयाँ दिल्ली। भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्युपछि भारतीय सेनालाई झड्का लागेको छ। दुर्घटनामा उनकी पत्निसहित १३ जनाको मृत्यु भएको थियो । पूर्वसेनाप्रमुखसमेत रहेका रावतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले चीफ अफ डिफेन्स स्टाफ नियुक्त गरेका थिए।
चीनको आक्रमक नीतिका बाबजुद उनी नेतृत्वको भारतीय सेनाले सन् २०१७ मा दोकलाम र सन् २०२० मा गलवानमा चिनियाँ सेनासँग लडेको थियो । ‘रावतको मृत्यु यस्तो अवस्थामा भएको छ, जुनबेला चीन र भारतीय सेनावीच सीमामा तनाब बढिरहेको छ,’ भारतका रक्षा विश्लेषक ब्रह्म चेलानी भन्छन्।
चेलानीको भनाईमा चीनको आक्रमणका बाबजुद पनि रावत भारतका चम्किला अनुहार थिए। रावतको मृत्युले भारतको चीन नीतिमा कुनै असर नगर्ने अर्का रक्षा विश्लेषक उदय भास्कर बताउँछन् ।
‘रावतको मृत्युकै कारण भारतको चीन नीतिमा खासै प्रभाव पर्छ जस्तो मलाई लाग्दैन । कुनै एक अधिकारीको मृत्युले समग्र देशको रणनीतिमा केही फरक पर्दैन् , ’ भारत सीमा सुरक्षाका लागि दृढ भएर उभिने उनको भनाइ छ।







डिसी नेपाल







Facebook Comment