भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा एक्लै बचेका सैनिकले लेखेको चिठी भाइरल
काठमाडौं। भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक्लै जीवित बाँचेका एयरफोर्स अधिकारी ग्रुप क्याप्टेन वरुण सिंह यतिबेला अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन् । उनी जीवन र मृत्युको संघर्ष गरिरहँदा सामाजिक संजालमा उनले आफ्नो सकुललाई लेखेको पत्र तीब्र रुपमा भाइरल भइरहेको छ । वीरता पुरस्कार शौर्य चक्रबाट सम्मानित ग्रुप क्याप्टेन वरुण सिंहले आफ्नो सकुलमा औसत दर्जाका बालबालिका र प्रिन्सिपलको लागि एक प्रेरक पत्र लेखेका थिए ।
जुन आर्मी पब्लिक स्कुल चंडी मन्दिरबाट ग्रुप क्याप्टेन वरुण सिंहले सुरुवाती शिक्षा पाएका थिए त्यो स्कुलका प्रिन्सिपललाई १८ सेप्टेम्बर २०२१ मा लेखेको पत्रमा उनले उक छात्रको रुपमा आफ्नो जीवनलाई दर्शाउँदै लेखेका थिए ‘औसत दर्जाको हुनु ठिक छ । हर कोही स्कुलमा उत्कृष्ट हुँदैन र हरेकले ९० प्रतिशत स्कोर गर्न सक्दैन । यदि तपाइँ यस्तो गर्नुहुन्छ भने त यो अद्भूत उपलब्धी हो र यसको प्रशंशा गरिनुपर्छ ।’
उनले अगाडि लेखेका थिए ‘यदि यस्तो भएन भने पनि यो नसोच्नु कि तपाइँ औसत दर्जाको हुनुहुन्छ । तपाइँ सकुलमा औसत दर्जाको हुन सक्नुहुन्छ तर यो जीवनमा आउने कुराहरुको कुनै मापदण्ड होइन । आफ्नो रुची खोज्नुहोस् यो कला, संगीत, ग्राफिक डिजाइन, साहित्य इत्यादी हुन सक्छ । तपाइँ जे पनि काम गर्नुहुन्छ समर्पित रहनुस्, आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नुहोस् । यो सोचेर कहिल्यै सुत्न नजानुहोस् कि म अझै प्रयास गर्न सक्थें ।’
उनले लेखेका छन् ‘एक युवा क्याडेटको रुपमा ममा आत्मविश्वासको कमी थियो । एक लडाकु स्क्वाड्रनमा एक युवा फ्लाइट लेफ्टिनेन्टको रुपमा कमिशनपछि मलाई महसुस भयो कि म मेरो दिमाग र मन लगाएँ भने मैले राम्रो गर्न सक्छु । मैले त्यो सर्वश्रेष्ठ बन्नको लागि काम गर्न सुरु गरें जो म केवल यो सुनिश्चित गर्नुको विरोधमा गर्न सक्थें कि म पास हुनको लागि जरुरी मानक हासिल गर्न सक्छु ।’
पत्रमा उनले अगाडि लेखेका छन् ‘राष्ट्रिय रक्षा एकेडेमीमा एक क्याडेटको रुपमा मैले पडाइ वा खेलमा उत्कृष्ट प्रदर्शन गरिन । जब म एएफए पुगें त्यसपछि मलाई महसुस भयो कि विमानको लागि मेरो पागलपनले मलाई आफ्नो साथीहरुमाथि बढत दियो । तैपनि मलाई आफ्नो वास्तविक क्षमतामा विश्वास थिएन ।’
उनले आफ्नो पत्रमा आफूले पाएको शौर्य चक्रको श्रेय स्कुललाई दिँदै लेखेका छन् ‘म यो प्रतिष्ठित पुरस्कारको श्रेय स्कुल, एनडिए र वायु सेनामा वर्षौंदेखि जोडिएका व्यक्तिहरुलाई दिन चाहन्छु । म दृढतासँग मान्छु कि त्यस दिन मेरो कार्य मेरा शिक्षक प्रशिक्षकहरु र साथीहरुले सम्हालेको र ल्लिाह दिएको परिणाम थियो ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment