भारतीय सेनाप्रमुखको दुर्घटनामा मृत्युपछि चीनले भारतीय सेनालाई ‘अनुशासनहीन’ भन्यो

डिसी नेपाल
२४ मंसिर २०७८ १२:३८
11.1k
Shares

काठमाडौं। भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको हेलिकप्टर दुर्घटनामा भएको मृत्युको विषयमा चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले एक लेख प्रकाशित गर्दै यो दुर्घटनालाई भारतीय सेनाको कमजोरी भनेको छ । अखबारले आफ्नो लेखमा सीडीएस बिपिन रावतलाई चीन विरोधी भनेको छ ।

ग्लोबल टाइम्सले चिनियाँ विशेषज्ञको हवाला दिँदै जनरल बिपिन रावतको हवाइ दुर्घटनामा मृत्यु हुनुबाट भारतीय सेनाको आधुनिकीकरणलाई तगडा झट्का लागेको बताएको छ । अखबारले लेखेको छ ‘हेलिकप्टर दुर्घटनामा भारतका रक्षा प्रमुखको मृत्युले न केवल भारतीय सेनाको अनुशासन र युद्धको तयारीको कमीलाई उजागर गरेको छ यसले देशको सैन्य आधुनिकीकरणलाई पनि भारी झट्का दिएको छ जसबाट भारत लामो समयसम्म उठ्न सक्ने छैन ।’

चिनियाँ विश्लेषकले जनरल रावतलाई चीन विरोधी बताउँदै भनेका छन् ‘चीन विरोधी शीर्ष रक्षा अधिकारीको निधनका बावजुद भारत चीनको सीमावर्ती क्षेत्रमा चीनप्रति भारतको आक्रामक व्यवहारमा परिवर्तनको कुनै सम्भावना छैन । ग्लोबल टाइम्सले हेलिकप्टर दुर्घटनालाई मानवीय गल्ती बताउँदै लेखेको छ ‘एमआइ १७ भी ५ रुसी हेलिकप्टरको प्रयोग व्यापक रुपमा कैयौं देशहरुले गर्छन् ।’

अखबारले विश्लेषकको हवाला दिँदै भनेको छ ‘दुर्घटनाका सबै सम्भावित कारणले रुसी हेलिकप्टरतिर नभइ मानवीय कारकहरुतर्फ संकेत गर्छन् ।’ ग्लोबल टाइम्सले एक चिनियाँ विशेषज्ञको हवाला दिँदै लेखेको छ ‘भारतलाई एक फितलो र अनुशासनहीन सैन्य संस्कृतिको लागि चिनिन्छ । भारतीय सैनिक अक्सर मानक संचालन प्रक्रिया र नियमको पालना गर्दैनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *