ट्वाइलेट मर्मत गर्दा ७ करोड रुपैयाँ भेटिएपछि…
काठमाडौं। एक जना प्लम्बरले ट्वाइलेट मर्मत गर्ने क्रममा सो ट्वाइलेटको भित्ताभित्र ७ करोड २४ लाख रुपैयाँ फेला पारे । तर, उनले इमान्दारी देखाउँदै त्यो पैसा यो सबै पैसा फिर्ता दिए । यसको उनलाई फाइदा पनि भयो । ती प्लम्बरले चौबीस लाख रुपैयाँ पुरस्कार पाए । अमेरिकाको टेक्सासका प्लम्बर जस्टिन कलेले यति धेरै रकम फेला पारेका हुन् ।
जस्टिनलाई त्यहाँको लेकउड चर्चमा ट्वाइलेट मर्मतका लागि बोलाइएको थियो । उनले मर्मतको काम गर्दै गर्दा उनले त्यो ट्वाइलेटको भित्तभित्रबाट यति ६ लाख डलर रकम फेला पारेका हुन् । यति धेरै पैसा देख्दा उनको होस उड्यो । तर, उनले इमान्दारी देखाउँदै यो सबै पैसा चर्च प्रबन्धनलाई फिर्ता दिए । एनबीसी न्युजका अनुसार यो सबै पैसा ट्वाइलेटको भित्ताभित्र राखिएको थियो ।
यो पैसा सात वर्ष पहिले यही चर्चको सेफबाट चोरी भएको बताइन्छ । रिपोर्टका अनुसार २०१४ मा चर्चको सेफबाट ६ लाख डलर नगद र चेक चोरी भएका थिए । त्यतिबेला जाँच एजेन्सीले यो पैसाबारे सूचना दिनेका लागि ५ हजार डलर पुरस्कार घोषणा गरेको थियो । चर्चले पनि सूचना दिनेलाई २० हजार डलर पुरस्कार घोषणा गरेपछि सूचना दिनेले कूल २५ हजार डलर पाउने भनिएको थियो । तर, अहिलेसम्म यसबारे कसैले कुनै सूचना दिएका थिएनन् ।
गएको नोभम्बर १० मा जस्टिनलाई चर्चमा ट्वाइलेट मर्मतका लागि बोलाइयो । उनले ट्वाइलेट मर्मत गर्दै गर्दा उनलाई भित्ताभित्त केही भएजस्तो महसुस भयो । उनले भित्ताको प्लास्टर निकालेर हेर्दा त्यहाँ यो पैसा राखिएको थियो । उनले यो पैसा गन्दा पनि नगनी चर्च प्रबन्धनलाई दिएका थिए । चर्चले यो पैसा त्यहाँको क्राइम स्टपर्स नामको संस्थालाई दिने निर्णय गरेको थियो । क्राइम स्टपर्सले जस्टिनको इमान्दारीबारे थाहा पाएपछि उनलाई पुरस्कार दिएको हो ।







डिसी नेपाल







Facebook Comment