अमेरिकामा तुफानले भयानक विनाश, कम्तीमा ५० जनाको मृत्यु

डिसी नेपाल
२५ मंसिर २०७८ १६:४८
560
Shares

काठमाडौं। अमेरिकामा तुफानले भयानक विनाश मच्चाउँदा कम्तीमा ५० जनाको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । शुक्रबार अबेर टोरनाडोले दक्षिण पश्चिमी केन्टुकीमा विनाश मच्चाएको हो । गभर्नर एन्डि बेशरका अनुसार ५० भन्दा धेरैको मृत्यु भइसकेको हुन सक्ने अनुमान छ । उनका अनुसार सबैभन्दा धेरै विनाश मेफिल्ड सहरसहित ग्रेभ्स काउन्टीमा भएको छ ।

गभर्नर बेशरका अनुसार अहिले यो आँधीले मेफिल्ड सहरमा जति क्षति गरेको छ त्यति यसप्रकारको आँधिले अहिलेसम्म कुनै अर्को सहरमा गरेको थिएन । गभर्नरका अनुसार मेफिल्डका जनतालाई पिउने पानी वितरण गर्नको लागि पानी भरिएका २ ट्रेक्टर ट्रेलर पठाइएको छ । उनले मध्यरातमा राज्यस्तरीय आपतकाल घोषणा गरिसकेका छन् र नेशनल गार्ड परिचालन गरिएका छन् ।

बेहरका अनुसार मेफिल्डमा एउटा फ्याक्ट्रीको छत नै खसेको छ । यहाँ धेरै संख्यामा मानिसहरु मरेका हुन सक्छन् । ५ वटा राज्यहरु अरकन्सास, इलिनोइस, केन्टुकी, मिसौरी र टेनेसेमा कम्तीमा २४ वटा टोरनाडो रिपोर्ट गरिएका छन् । अरकन्सासका अधिकारीहरुले कम्तीमा २ जना मरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *