अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टुकीमा आपतकाल घोषणा

डिसी नेपाल
२६ मंसिर २०७८ ६:१२
268
Shares

न्युयोर्क। अमेरिकाको केन्टुकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ। आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ।

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ। आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टुकीमा आपतकाल घोषणा गरिएको छ।

आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ।  रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन्। राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *