जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृत्यु, आठ जना गम्भीर घाइते

डिसी नेपाल
२६ मंसिर २०७८ ६:१९

सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ। जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। घाइतको सनाखत हुन बाँकी छ। बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *