बेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृत्यु हुन्छः वैज्ञानिक
लन्डन। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षेति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन्।
पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर जनवरी पछिकै ठूलो हो। संक्रमितमध्ये कति जनलाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन्।
वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिव पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment