जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेर छुटेका खालिदले के भने ?

डिसी नेपाल
२६ मंसिर २०७८ १२:०२
260
Shares

काठमाडौं। फ्रान्सका सुरक्षा बलले गल्तीवश पत्रकार जमाल खशोग्गीको हत्याको मामिलामा एक व्यक्तिलाई गिरफ्तार गरेका थिए । साउदी अरबका नागरिक खालिद अल ओतौबीलाई गएको मंगलबार पेरिसको शार्ल्स ड गोल एयरपोर्टबाट गिरफ्तार गरिएको थियो ।

फ्रान्सका सुरक्षा बललाई खालिद अल ओतौबी साउदी मूलकै पत्रकार जमाल खशोग्गीको हत्यामा संदिग्ध हुन् भन्ने लागेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार यही नामका साउदी रोयल गार्डका व्यक्ति अमेरिका र ब्रिटिश प्रतिबन्ध दस्तावेजमा सुचिकृत थिए । यही कारण गिरफ्तारीमा गल्ती भएको थियो ।

पछि पेरिसस्थित साउदी अरबको दुतावासले फ्रान्सका सुरक्षाकर्मीले जुन व्यक्तिलाई गिरफ्तार गरेका थिए उनको पत्रकार खशोग्गीको हत्यासँग कुनै सम्बन्ध नभएको बताएको थियो । फ्रान्सका सुरक्षा बलले पनि उनलाई रिहा गरिदिए र खालिदको गिरफ्तारी उनको पासपोर्टको स्क्यानिङका क्रममा आएको अलर्टका कारण भएको बताएका थिए ।

खालिदले साउदी अरब फर्किएपछि त्यहाँको स्थानीय मिडियासँग कुरा गर्दै आफूलाई गिरफ्तारीका क्रममा निकै खराब व्यवहार गरिएको बताएका छन् । खालिदले साउदी अखबार ओकाजसँग भने ‘गिरफ्तार गरेपछि उनीहरुले मलाई निकै फोहर कोठामा राखेका थिए । भित्तामा रगतका धब्बा थिए । त्यहाँ म न सुत्न सक्थें न आराम गर्न सक्थें । गिरफ्तारीपछि मैले उनीहरुसँग साउदी दूतावासलाई सम्पर्क गर्न दिइयोस् भनें तर उनीहरुले अनुमति दिएनन् । कुनै किसिमले मैले साथीहरुसँग सम्पर्क गरें र उनीहरुले दूतावासलाई सूचित गरे । साउदी दूतावासले सिधै फ्रान्सका अधिकारीहरुसँग सम्पर्क गर्यो । पछि मलाई पनि दूतावासबाट फोन आयो ।’

खालिदले भने ‘दूतावासबाट मानिसहरु मलाई भेट्न आए तर उनीहरुलाई भेट्ने अनुमति दिइएन । सोधपुछका क्रममा मलाई बोल्ने मौका समेत दिइएन । सबै फ्रेन्चमै बोलिरहेका थिए । पछि अरबी बोल्ने एक महिला वकिलले मलाई एक हत्याको मामिलामा गिरफ्तार गरिएको बताइन् । उनले एक व्यक्तिको तस्वीर देखाइन् र उनको बारेमा सोधिन् । मलाई थाहा थिएन त्यसैले मैले ती व्यक्तिलाई चिन्दिन भनें । तस्वीरमा जो व्यक्ति थियो त्यो अरु नै कोही थियो र नाम पनि मेरोभन्दा फरक थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *