मकवानपुरबाट ३५ किलो ४०० ग्राम गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
२६ मंसिर २०७८ १२:५१
52
Shares

काठमाडौं । प्रहरीले मकवानपुरबाट साढे ३५ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् ।

मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४०० ग्राम अवैध लागूऔषध गाँजासहित उनीहरुलाई पक्रिएको प्रहरीले जानकारी दिए । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको हो।

यस सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.