बेलायतमा ओमिक्रोन संक्रमित अस्पताल पुग्न थाले

डिसी नेपाल
२७ मंसिर २०७८ ७:०३
144
Shares

काठमाडौं। बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बिरामी परेकाहरु अस्पताल आउन सुरु भएका जनाइएको छ। बेलायती शिक्षा मन्त्री नदिम जहावीले लण्डनमा कोरोना संक्रमणका केसहरुमध्ये एक तिहाई नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भएको बताए।

उनका अनुसार डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कयौं गुणा बढी संक्रामक छ। उनले मानिसहरुलाई कोरोना खोपको दुई डोज पर्याप्त नभएको भन्दै बुस्टर डोज लिन सक्नेका लागि लिन अपिल गरेका छन् ।

जहावीले एक अन्तर्वार्ताका क्रममा बीबीसीसँग महामारीपछि स्थिति सामान्य हुने दिशा तर्फ गइरहेको भए पनि नयाँ भेरियन्टले रुकावटको अवस्था बनेको बताए।

उनले जनवरीमा स्कुल खोल्नका लागि पूरै कोशिश गरिएको भए पनि सुरक्षा पहिलो प्राथिमकतामा भएको बताए। बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख मेडिकल सलाहकार डा सुजैन हपकिन्सले अस्पतालमा ओमिक्रोन संक्रमितको संख्या बढिरहेको आशंका गरे ।

अहिलेसम्म अस्पतालमा जो पुगिरहेका छन् उनीहरु ओमिक्रोनका कारण संक्रमित भएर पुगे वा अन्य कारणले भन्ने पूर्ण रुपमा स्पष्ट नभएको उनको भनाइ छ। उनका अनुसार बेलायतमा अहिलेसम्म ओमिक्रोनका कारण कसैको मृत्यु भने भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *