स्कुटरको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु
काठमाडौं। बौद्धमा पौदलयात्रीलाई स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भइका ७४ वर्षीय कृष्ण बहादुर नेपालीको मृत्यु भएको हो।
आइतबार दिउँसो काठमाडौं महानगरपालिका-६ बौद्धस्थित सडकमा बा.५८ प ७७७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment