कोरोनामुक्त हुने दर ९८ प्रतिशत, ३४१ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
२७ मंसिर २०७८ १६:३०
152
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ४१६ जनामा पीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा र २ हजार ८२० जनामा एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५६ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ५ हजार ८२४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.