छुरा प्रहार गरी भिनाजुको हत्या

डिसी नेपाल
२९ मंसिर २०७८ १३:०६

सुनसरी।  सुनसरीमा छुरा प्रहार गरी भिनाजुको हत्या गरेको आरोपमा सालोलाई प्रहरीले पक्राउ गरेको छ। ईटहरी उप-महानगरपालिका वडा नम्बर ४ मा ५१ वर्षीय श्री मुरारी गिरीमाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सालो पर्ने १९ वर्षीय अर्जुन राईलाई पक्राउ गरेको हो ।

सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार राई मानसिक रूपमा अस्वस्थ थिए। उपचारको लागि राईलाई गिरीकै घरमा राखिएको थियो।

मंगलबार साढे ४ बजे सालो राईले अचानक गिरीको छातीमा छुरा प्रहार गरेको नायब उपरीक्षक कार्कीले बताए।

घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको थियो। राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *