बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी महर्जन पक्राउ

डिसी नेपाल
२९ मंसिर २०७८ १४:३३
100
Shares

काठमाडौँ। बैंकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर म.न.पा. वडा नं. २१ बस्ने बर्ष ४२ का अमर महर्जन रहेका छन्।

फरार रहेका महर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ असोज ८ मा महर्जनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ४५ लाख लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *