झापामा ट्रकको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं।झापाको कन्काई नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कन्काई नगरपालिका–८ की ३८ वर्षीया राधिका सेढाईं रहेकी छिन् । बुधबार मध्याराति पौने १२ बजे ना ६ ख ५७१३ नम्बरको ट्रकले राधिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । तर, उपचारका लागि बिर्तामोडस्थित अस्पताल पुर्याइएलगत्तै उनको मृत्यु भएको हो ।ट्रक र ट्रक चालक सर्लाहीको बाग्मती नगरपालिका–४ का २९ वर्षीय उत्तम वाईबालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment