केसीकाे हलिउड फिल्म ‘फाइट अफ फरी-२’को फस्टलुक सार्वजनिक, नेपालीमा पनि डब गरिने

डिसी नेपाल
२ पुष २०७८ ९:५६
308
Shares

काठमाडौं। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ। सन्नीकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उनी फिल्मका प्रमुख अभिनेता हुन्।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटर लगायतका कलाकारको अभिनय छ। अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमासमेत प्रदर्शन गरिने शन्नीले बताए।

एक्सन जनराको यो फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठान गरेको छ। यो फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ।

शन्नीले बलिउडका गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरिसकेका छन्। उनले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’मा पनि काम गरेका थिए । उनले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’लगायतका फिल्ममा पनि अभिनय गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *