सहकारी संस्थाबाट ७ लाख रूपैयाँ चोरी
भक्तपुर। दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ७ लाख रूपैयाँ चोरी भएको छ । मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित उक्त संस्थाबाट बिहिबार राति ७ लाख रूपैयाँ चोरी भएको हो ।
संस्थाकी अध्यक्ष सुशीला सुवेदीका अनुसार बिहीबार राति गेटको ताला फोडेर सहकारीमा पसेर सेफ फोडेर रकम चोरी भएको हो । संस्थाको सीसी क्यामरा झोलाले छापेर चोरी गरेको पाइएको छ । चोरीमा संलग्नको खोजी तथा अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त थिमी प्रमुख नरहरी रेग्मीले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment