केकी अधिकारीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप
काठमाडौं। अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’को इन्डक्ल्याप गरिएको छ । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको केही समययता नेपालगञ्ज आसपास छायांकन भइरहेको थियो।
निर्देशक सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पूरा गरेको बताए। फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ।
यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन्। ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।
विशाल श्रेष्ठ र सागर विष्ट सहनिर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment