लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
५ पुष २०७८ ९:५५

काठमाडौँ। प्रदेश १ लोक सेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। सोमबार गोरखापत्रमा एक सुचाना जारी गर्दै आयोगले अप्राविधिकतर्फका पदहरूमा कर्मचारी माग गरेको हो।

प्रदेश १ लोक सेवा आयोगले खुला तथा समावेशी कोटा छुट्टाएर विज्ञापन आह्वान गरिएको  जनाएको छ ।

यसका लागि अनलाइन प्रणालीमार्फत दरखास्त पेस गर्ने प्रबन्ध मिलाइएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस २५ गते भित्र सिंगल दस्तुर तिरेर आवेदन बुझाउन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २ गतेसम्म आवेदन दिन सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *