च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन
काठमाडाैं। मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ। उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ।
शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए।
संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ। दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले पनि तत्परता देखाउन् भन्ने उद्देश्यले फिल्म प्रदर्शन गर्दै च्यारिटी सो गरिएको फिल्मका निर्देशक भिक्षु सेल्नाङ ग्याम्जोले बताए । च्यारिटी सोको इभेन्ट पार्टनर उत्पला क्याफे र क्लोथिङ पार्टनर डोक्पा रहेको थियो।
च्यारिटी सोमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँसँग चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो ।
कात्तिक महिनामा मुगुको छायाँनाथ रारा नगरपालिका १ गमगढी बजारमा भएको आगलागीका कारण आफ्नो सम्पुर्ण जायजेथा गुमाएका पीडितहरु अहिले पालमुनी बस्न बाध्य छन् । आगलागीमा परी २० घर जलेर ध्वस्त भएपछि अहिले उनीहरु परिवार सहित पालको सहारामा पुगेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment