मान्छेले कम प्रयोग गर्ने आकाशे पुल कुकुरले प्रयोग गरेपछि…

डिसी नेपाल
५ पुष २०७८ १४:२५
508
Shares

काठमाडौं।काठमाडौंको व्यस्त सडक नयाँवानेश्वर स्थित पिपलबोटको आकाशे पुल मान्छेले हतपत्त प्रयोग गर्दैनन्। पदैल यात्रीको सहजताको लागि आकाशे पुलको सुविधा छ। तर पैदल यात्रीहरु सवारीसाधनको गतीलाई पनि पुरै वेवास्ता गर्दै सडक जाम गराएको दृश्य सो ठाउँमा देख्न सकिन्छ।

तर सोमबार सो पुलमा एउटा अनौठो दृश्य देखिएको छ। कुकुरले आकाशे पुलको प्रयोग गरेको देखिन्छ।तर पैदल यात्रीहरु जर्वजस्त ट्राफिक नियमको उलङ्घन गर्दै सडक जाम गरेको दृश्य प्रष्ट देख्न सकिन्छ।

कुकुरको यो तस्बिर कैद गर्दापनि आकाशे पुल सुनसान छ। तर सडकमा भने,पैदल यात्रीले ट्राफिक नियम उलङघन गरेको ठूलो भिड रहेको थियो। कुनैबेला तत्कालिन गृहमन्त्री बामदेव गौतमलेपनि ट्राफिक नियम उलङ्घन गरेको तस्बिर निकै भाइरल बनेको थियो।

हामी प्राणीमध्ये सर्वश्रेष्ठ र चेतनशील प्राणी भन्छौँ तर सामान्य ट्राफिक नियम पालनापनि गर्न नसक्नेको लागि कुकुरको यो फोटोले निकै गिज्याएको मान्न सकिन्छ।

तस्बिरः अनिल पोख्रेल

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *