भारतको पुणेमा बिमस्टेक सदस्य राष्ट्रका सैन्य अभ्यास शुरु
फाइल तस्वीर
काठमाडौं । भारतको पुणेमा बिमस्टेक (क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास)सदस्य राष्ट्रका सैन्य अभ्यास शुरु भएको छ ।
बिमस्टेक राष्ट्रको मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यासका लागि भारतको पुणेमा जुटेका हुन् । ‘प्यानेक्स–२१’ नाम दिइएको सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिक तथा विज्ञ प्रतिनिधी सहभागी रहेका छन् ।
सो सैन्य अभ्यासको उद्घाटन भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेले गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनससार सो सैन्य अभ्यासमा नेपाली सेनाका एकजना महासेनानी र नयाँ दिल्लीस्थित नेपाली दुतावासका सैनिक सहचारी सहभागी रहेका छन् ।
‘विपद राहत सम्बन्धी बहुउदेश्यीय कार्यक्रम भएकाले नेपालको पनि सहभागिता रहेको सैनिक प्रवक्ता सहायक रथि सन्तोषबल्लव पौड्यालले बताए । सो सैन्य अभ्यासको भारतका रक्षामन्त्रीले अवलोकन गर्ने कार्यक्रम रहेको छ ।







डिसी नेपाल








Facebook Comment