ललितपुर चापागाउँमा टेको लगाइएको पुल भाँच्चियो, टिपर चालकको मृत्यु

डिसी नेपाल
६ पुष २०७८ ९:१८
200
Shares

काठमाडौं।ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।

पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो ।

घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिगएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.