महोत्तरीमा तीन दिनदेखि बेपत्ता महिला मृत फेला

डिसी नेपाल
६ पुष २०७८ १०:००
32
Shares

काठमाडौं।तीन दिनदेखि बेपत्ता महोत्तरी मट्टीहानीकी एक महिला मृत फेला परेकी छन् । मट्टीहानी(३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन हराउको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए ।

खोजिवन गर्दा उनी घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.