विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा
मुम्बई(एजेन्सी)। बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ।
अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ। हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।
सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए। उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन्।
‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन। यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन्। ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन्।
हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन्। मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन्।
सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment