ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
६ पुष २०७८ १६:०१
24
Shares

काठमाडौं। लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातिको समयमा ट्र्याक्टर चलाउदा सडकबाट करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.