कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
धनगढी। प्रहरीले कैलालीबाट अबैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उप-महानगरपालिका-३, ट्राफिक चोक स्थित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीको साथबाट ४१ ट्याबलेट नाईट्रोभेट फेला परेको छ। यस सम्बन्धी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment