बेलायतमा बढे कोरोना संक्रमित, एकैदिन एक लाख बढी संक्रमित फेला
लन्डन । बेलायतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ। बुधबार मात्र बेलायतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको छ। बेलायतका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख ६ हजारजनाभन्दा बढी संक्रमित भेटिएका हुन् ।
यसअघि, यहाँ एकै दिनमा ९६ हजार जना जति कोरोना संक्रमित भेटिएका थिए । कोरोना संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।
यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । यसकारण यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
बेलायत अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी, बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment