‘८३’मा किन छानिइन् दीपिका ?
मुम्बई। आज शुक्रबारबाट कबीर खान निर्देशित स्पोर्टस ड्रामा ‘८३’ रिलिज हुँदैछ। यो फिल्म सन् १९८२ को विश्वकप क्रिकेट भारतले जितेको विषयमा बनेको छ। बुधबार यो फिल्मको विशेष शो राखिएको थियो।
यो शोमा फिल्ममा अभिनय गरेका कलाकार र सन् १९८३ मा विश्वकप क्रिकेट जितेका टिमका खेलाडी सहभागी थिए। फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन्।
फिल्म हेरेपछि अभिनेत्री उर्मिला कोठारेले फिल्मको तारिफ गरेकी छन्। ‘८३ उत्कृष्ट फिल्म हो। वास्तविक जीवन र रिल जीवनको उत्कृष्ट संगम । कपिल देवको भूमिकामा रणवीरले राम्रो काम गरेका छन्। तारिफका लागि मसँग शब्द छैन। सबै अभिनेताहरु र अभिनेत्रीहरुले आफ्नो भूमिका निभाउनका लागि कुनै कसर बाँकी राखेका छैनन्’, उर्मिलाले ट्वीट गरेकी छन्।
फिल्मका निर्देशक कबीरले हालै एक अन्तरवार्तामा दीपिका पादुकोणको भूमिकाका बारेमा बोलेका थिए। फिल्ममा दीपिकाले कपिल देवकी श्रीमति रोमी भाटियाको भूमिकामा अभिनय गरेकी छन्।
सन् २०१८ मा विवाह पछि दीपिका र रणवीरले सँगै फिल्ममा अभिनय गरेका थिएनन्। विवाह पछि उनीहरुका लागि ‘८३’ पहिलो सहकार्य हो। कबीरले दीपिकालाई फिल्ममा अनुबन्धित गर्नु पछाडिको कारण रणवीरको पत्नी भएर नरहेको दाबी गरेका छन्।
‘वास्तविक जीवनमा जोडी पहिलोपटक विवाहपछि सँगै पर्दामा देखिँदैछन्। दीपिकाको रणवीरसँग विवाह नभएको अवस्थामा पनि म यो भूमिकाका लागि दीपिकासँग कुरा गर्न जान्थें । दीपिका कमालकी अभिनेत्री हुन्। उनको उपस्थिति फिल्ममा जबरजस्त हुन्छ।
रोमी देवको भूमिका स्क्रिनमा धेरै देखिँदैन। तर जति देखिन्छ, त्यो अहम छ। केही वर्ष पहिले मैले कपिल र रोमीलाई भेटेको थिएँ। त्यो बेला कपिल रोमीबिना अधुरो छन् जस्तो लागेको थियो। १९८३ सम्मको यात्रा रोमी बिना कपिलको अधुरो नै हुन्छ’, कबीरले भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment