डान्स च्याम्पियन परिवर्तित स्वरुपमा, कमेडियन बले र कक्रोज अतिथि
काठमाडौं। कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘डान्स च्याम्पियन’ अब परिवर्तित स्वरुपमा देखिने भएको छ । गत महिनाबाट प्रशारणमा आएको शो काे क्वालिटी कमजोर भएको भनि प्रतिकृया आउन लागेपछि निर्माण कम्पनी इन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।
कि एडभटाइजिङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् । नायिका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपिशोडमा कमेडियन बले अर्थात् सागर लम्साल र कक्रोज अर्थात् हरिश निरौला अतिथि तथा निर्णायकको रुपमा देखिने छन्। मुन्द्रेको कमेडी क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात् उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षित थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment