प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश, २०७८ पारित

डिसी नेपाल
११ पुष २०७८ २२:०३

काठमाडौं । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश, २०७८ पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश सरकारद्वारा ल्याइएको सो अध्यादेश बहुमतले पारित गरेको हो ।

आज बसेको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले सो अध्यादेश स्वीकृत गरियोस् भनी पेश गरेको प्रस्ताव बहुमत प्रदेशसभा सदस्यले पारित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मन्त्री साहले पेश गर्नुभएको अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य परमेश्वर साहले प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अस्वीकृत गरेको छ ।

यसअघि गत पुस ८ गते बसेको प्रदेशसभा बैठकमा कृषि विश्वविद्यालयसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा प्रदेश कृषि विश्वविद्यालय र वीरगञ्जमा प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्न अध्यादेश ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *