पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर चिसो बढ्याे

डिसी नेपाल
१२ पुष २०७८ ७:१५
72
Shares

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेकाले देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *