रेखाका कारण अविवाहित बने सलमान

डिसी नेपाल
१२ पुष २०७८ १३:३९
19.7k
Shares

मुम्बई। बलिउडका भाइजान अर्थात् सलमान खान आज ५६औं जन्मदिन मनाइरहेका छन्। जन्मदिनको एक दिनअघि उनलाई सर्पले टोकेको थियो । तर अहिले उनको अवस्था ठिक छ र डिस्चार्ज भएर घर फर्किसकेका छन्।

सलमान भन्नासाथ उनको विवाह कहिले हुने भन्ने चासो जोकोहीको रहन्छ। तर सलमानका अनुसार उनी एक अभिनेत्रीका कारण जीवनभर अविवाहित नै रहे। ती अभिनेत्री हुन्, रेखा।

सलमानले एकपटक आफूले विवाह गर्न नचाहेको कारणको खुलासा गरेका थिए। यो खुलासा उनले सन् २०१४ मा ‘बिग बोस’को सेटमा गरेका थिए । जुन समयमा रेखा आफ्नो फिल्म ‘सुपर नानी’को प्रमोसनका लागि पुगेकी थिइन्।

‘टिनएजमा म रेखाबाट धेरै प्रभावित थिएँ । त्यो समयमा रेखा र हामी छिमेकी थियौं । म रेखालाई मर्निङ वाकमा जाँदै गरेको हेर्नलाई बिहान साढे ५ बजे उठ्ने गर्थें । रेखाकै चक्करमा म योग कक्षा भर्ना पनि भएँ’, सलमानले भनेका छन् ।

सलमानका अनुसार योग कक्षामा रेखा नियमित योग सिकाउँथिन् । जहाँ सलमानका साथीहरु पुग्थे । रेखाका अनुसार सलमानले आफ्नो घरमा आफू ठूलो भएपछि रेखासँग विवाह गर्ने प्रस्ताव गरेका थिए । ‘सायद यही कारण मेरो विवाह हुन सकेन’, सलमान भन्छन् । सलमानको कुरा सकिन नपाउँदै रेखाले पनि ‘सायद आफ्नो पनि यही कारणले नभएको हो कि’ भनेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *