गोंगबुमा एक महिलालाई बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ
काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा एक महिलालाई बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । मंगलबार साँझ एक महिलालाई सामूहिक बलात्कार गरेको उजुरी परेपछि प्रहरीले सो क्षेत्रबाट ८ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सामुहिक बलत्कार गरेको उजुरी परेपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौंबाहिर सुर्खेतबाट कामको खोजीमा काठमाडौ आएकी अन्दाजी ३२ वर्षीया ती महिलाले आफू बलात्कारमा परेको उजुरी गरेकी थिइन ।
प्रहरीले मंगलबार राती र बुधबार बिहान गरी ती आरोपीलाई पक्राउ गरेको हो । ‘उजुरी आएपछि हामीले खोजी गरेका थियौ मंगलबार विहानसम्मको सर्च अप्रेशनबाट ८ जना पक्राउ परेका हुन्’, एसपी मैनालीले भने ।
बलात्कार भएको भनिएकी महिला सुर्खेतबाट काम खोज्न भन्दै काठमाडौं आएकी थिइन । त्यही क्रममा केहीले काम लगाइदिने प्रलोभन दिएको र केहीले काम आफ्नो कम्पनीमा रहेको भन्दै जर्वजस्ती गरेको प्रहरीको भनाई छ ।
ती महिलाले उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि बसपार्क क्षेत्रमा राखेको सिसी टिभीको सहायतका लिएको थियो ।







डिसी नेपाल








Facebook Comment