इच्छाराजलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश

डिसी नेपाल
१४ पुष २०७८ १९:३५
460
Shares

काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवं पूर्व सभासद इच्छाराज तामाङलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

साढे ५ अर्ब भन्दा बढी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउन र अन्यलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङ र श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएको हो ।

लामो बहस र प्रतिवादीसँग बयानपछि अदालतले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो । बहसपछि उनीहरुलाई थुनामा पठाएको हो ।

सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुले आफ्नो रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङसहित ४२ जनालाई आरोपित गरी अदालतमा मुद्धा बुझाएको थियो ।

जसमध्ये १४ जना पक्राउ परेका थिए । अन्य अरोपी भने अहिलेसम्म फरार रहेका छन् । सो मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो।

उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको थियो । उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले उजुरी दर्ता गराएका थिए ।

सो अभियोगमा सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, वर्तमान अध्यक्ष श्रेष्ठसहित सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछाने, कर्जा अधिकृत बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुव केतन ढुंगाना, जुनियर सहायक प्रबन्धक एलिना तुलाधर, जुनियर सहायक प्रबन्धक मायोनानी महर्जन, लेखा अधिकृत राकेश महर्जन, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा सहायक संगीत श्रेष्ठ, सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाही र सहजकर्ता भगवानबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.