कमल थापाले निर्मल निवासको हस्तक्षेप भयो भन्नु कार्यकर्ताको अपमान हो : राजेन्द्र लिङदेन अध्यक्ष, राप्रपा

सम्भव सिंह ठकुरी
१५ पुष २०७८ ७:०९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गत महिना भएको राष्ट्रिय एकता महाधिवेशनबाट राजेन्द्र लिङदेन निर्वाचित भए। लिङदेनको विजयले जति चर्चा पायो, त्यतिनै अध्यक्षका अर्का उम्मेद्वार कमल थापाको पराजय र त्यसपछि थापाको प्रतिक्रिया र अभिव्यक्तिले चर्चा पाइरहेको छ।

लामो समयसम्म राप्रपाको नेतृत्वमा रहेका थापाको लागि यो हार अप्रत्यासित बनेको थियो। हारपछि थापाले निर्मल निवास अथवा पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेप भएकाले आफू पराजित भएको र त्यसको तथ्य, प्रमाण आफूसँग रहेको दावी गर्दै आएका छन्।

तर लिङदेन भने थापाको त्यो आरोप अस्वभाविक र अप्रमाणित भएको तर्क गर्दै आएका छन्। डिसी नेपालसँगको कुराकानीमा पनि लिङदेनले पूर्वराजाको नभइ कार्यकर्ताको माया र मतले नै विजयी भएको दावी गरेका छन्। उनै नवनिर्वाचित राप्रपा अध्यक्ष लिङदेनसँग राप्रपाको आन्तरिक राजनीतिमा केन्द्रित रहेर सम्भव सिंह ठकुरीले कुराकानी गरेको सम्पादित अंशः

गत महिना भएको राप्रपा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभयो। यहाँको विजयले जति चर्चा पायो, कमल थापाको पराजयलेपनि त्यतिनै चर्चा पायो। त्यो भन्दाधेरै चर्चा कमल थापाको पराजयपछि आएको प्रतिक्रियाले पाइरहेको छ। उहाँको प्रतिक्रियालाई कसरी लिइरहनु भएको छ?

यो कुरालाई म धेरै प्रतिक्रिया व्यक्त गर्दिन। यहाँ भन्दा अरु संचार माध्यमहरुमा कुराकानी गर्दापनि मैले धेरै प्रतिक्रिया दिने गरेको छैन। हामी केही दिनमै अरु साथीहरुसँग बसेर आफ्नो धारणा बनाउँछौ। तर उहाँले जे गरिरहनु भएको त्यो सबै अनपेक्षित हो। उहाँजस्तो व्यक्तिबाट यस्को खाले प्रतिक्रिया आशा गरेका थिएनौँ। मलाई लाग्छ समयक्रममा यो सबै ठिक भएर जान्छ।

तर यहाँ निर्वाचित भइसकेपछि बसेको पार्टीको केन्द्रीय समितिको बैठकहरुपनि बहिस्कार गर्दै आउनु भएको छ। पूर्वराजाको नाङ्गो हस्तक्षेप भयो भन्दै हुनुहुन्छ। पूर्वराजाको हस्तक्षेपमा छानबिन गर्नुपर्छ भन्दै हुनुहुन्छ। छानबिन गर्नुहुन्छ ?

पहिलो कुरा त बैठक उहाँले बहिस्कार गर्नु भएको हैन। मैले बहिस्कार गरेपनि भन्नु भएको छैन। तर उहाँ आउनु भएको छैन अहिले आउनु अनिवार्य पनि छैन।
बरिष्ठ नेताको हिसाबले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बेलामा उहाँहरु सबैको सहभागिता खोज्छौँ र आवश्यक पनि रहन्छ। अहिले त्यस्तो महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थान छैन। मलाई लाग्छ समयक्रममा उहाँ आउनुहुने नै छ।

हामी स्वमं अबको राजसंस्था सबैको साझा संस्थाको रुपमा बन्नुपर्दछ। कांग्रेस, कम्युनिष्टहरुकोसमेत सहमतिमा स्थापति हुने राजसंस्था हाम्रो परिकल्पना हो। त्यसकारण राजाले मेरोलागि दल खोलिदेउ भनेर अथवा हामी आफूलाई परिचालित गर्न दल खोलेको हैन। त्यसकारणले हाम्रो दैनिक गतिविधिमा राजसंस्थाको कुनैपनि भूमिका रहेको छैन।

अब जहाँसम्म हस्तक्षप र छानबिनको कुरा आइरहेको छ। त्यसप्रकारको अभिव्यक्तिले आममहाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु जो देशभरिबाट सहभागी हुनुभयो र नयाँ नेतृत्वको चयन गर्नुभयो । उहाँहरुमाथिको अपमान हो। त्यस प्रकारको अभिव्यक्तिले कसैलाई फाइदा गर्दैन। उहाँलाई त झनै फाइदा गर्दैन।

तर उहाँले तथ्य, प्रमाण सबैथोक रहेको र रातारात निर्मल निवासले राजेन्द्र लिङदेन जिताउन भूमिका खेलेको भन्दैहुनुहुन्छ। उहाँ यसरीनै अगाडि बढ्नु भयो भने,तपाईंहरु के गर्नुहुन्छ ?

राप्रपा त अगाडि बढ्छ। राप्रपालाई अगाडि बढ्न र अब देशको अग्रणी शक्ति बन्न राप्रपालाई कसैले र कुनैपनि घटनाले रोक्न सक्दैन। त्यसमा कुनैपनि द्विविधा छैन, कुनैपनि अलमल छैन। मलाई लाग्छ अब उहाँको यो क्रम रोकिन्छ होला!

उहाँ बिनाको राप्रपा त गाह्रो होला नि ?

हरेक व्यक्ति व्यक्तिको महत्व छ। त्यसमाथि उहाँको अझ धेरै महत्व रहेको छ। तर मैले भने राप्रपाको गति यो महाधिवेशनबाट धेरै बढेको छ। त्यसलाई अब कसैले रोक्न सक्दैन ।

महाधिवेशन पछाडि कमल थापासँग कुनै संवाद भएको छ कि छैन? बैठकमा आउन जानकारी गराउनु भयो त?

जानकारी हामीले गराउने गरेका छौँ। एक–दुइ दिन आराम गर्ने र त्यस पछाडि संवाद गर्ने भन्ने कुराहरु भएको छ। कुरा पनि हुन्छ। उहाँले आफैंले फोन गरेर मलाई बधाई पनि दिनु भएको छ। संवादहिनताको अवस्था भने हैन।

लामो समयसम्म कमल थापालाई साथ दिनुभयो। पटक-पटक राप्रपा विभाजन हुँदापनि उहाँकै साथमा रहनु भयो। तर पछिल्लो समयमा आएर कुन बिन्दुमा पार्टी नेतृत्वमा कमल थापाको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो ?

हामीले उम्मेदवारी घोषणा गर्दे गर्दा यो विद्रोहपनि र कसै विरुद्ध पनि हैन भन्दै आएका छौँ। अहिलेपनि म के भन्छु भने हामी संयोगले कमल थापासँग निर्वाचनमा प्रतिस्पर्धा गर्‍याैं। तर उहाँको विरुद्ध हामी उठेको हैन। राप्रपा विगत केही वर्षदेखि जुन कार्यशैलीबाट चल्यो, त्यसले राप्रपालाई माथि उठाउने भन्दापनि झन कमजोर बनाउने काम गर्‍याे।

राप्रपाको ३१ वर्षको इतिहासमा सबैभन्दा कमजोर अवस्थामा रहेको छ। राप्रपा एकातर्फ राष्ट्रिय पार्टीपनि बन्न नसक्ने र नसकेको अवस्थामा रहेको छ। एक सिटमा सीमित रहने, अर्को तर्फ २०६३/०६३ परिवर्तनपछि हामीले लिएको राजनीतिक विचार र मुद्दा जनताको माझ लोकप्रिय बन्दै गएको छ।

तर कहाँ त्रुटी भयो, कहाँ कमजोरी भयो। यही स्थिति र यही कार्यशैलीबाट राप्रपालाई अगाडि लैजानका लागि सकिँदैन। बिगतका कमिकमजोरी र त्रुटीहरुलाई सच्चाएर जनताको अगाडि एउटा विश्वसनीय पार्टीको रुपमा अगाडि लानुपर्छ र राप्रपा बाहिर रहेका समान बिचार राख्ने हाम्रा सबै शुभेच्छुकहरुलाई राप्रपामा आउने बाटो खुल्ला गर्नुपर्छ।

त्यसको लागि राप्रपाको एकता महाधिवेशनले विशेष निर्णय गर्नुपर्छ। त्यो क्रममा नेतृत्व परिवतए पहिलो कदम र प्रस्थान बिन्दु हुनुपर्छ। भन्ने निष्कर्षमा पुगेका हौँ। हामीले उम्मेदवारी दियौँ र हामी नयाँ नेतृत्वको पक्षमा उभिएका हौँ।

पूर्वराजाको हस्तक्षेप नभएको भनेर खण्डन गरिसक्नु भयो तर यहाँहरुको पार्टी भनेको राजसंस्था र हिन्दुराज्यको एजेण्डा बोकेको पार्टी हो। हस्तक्षेपनै नभएपनि राजाको कुनै चासो र सक्रियता त थियो होला नि ?

यो महाधिवेशनमा स्वभाविक रुपले राजाको शुभेच्छ्या थियो होला। राप्रपा राम्रो बनोस् बलियो बनोस् भन्ने थियो होला। तर त्यस प्रकारको हस्तक्षेप नेतृत्वमा यही हुनुपर्छ भन्ने कुरा हामीले अनुभव गरेनौँ र अपेक्षापनि राखेनौँ।

अहिले अदालत अदालतजस्तो छैन। सरकार सरकारजस्तो छैन। संसद,संसदजस्तो छैन। राजनीति लिगबाट बाहिर गएको अवस्था छ। अब अदालतलाई, सरकारलाई, संसदलाई ठिक ठाउँमा ल्याउने राजनीतिले हो। राजनीतिनै लिगबाट बाहिर गएको छ। राजनीतिलाई ठिक ल्याउने भनेको नेताले नै हो। तर नेताका प्रति जनताको धारणा गाउँमा गयो भने को नेता आएछ भन्दापनि कुन चोर आएछ भन्ने कुरा यथार्थ हो।

हामी स्वमं अबको राजसंस्था सबैको साझा संस्थाको रुपमा बन्नुपर्दछ। कांग्रेस, कम्युनिष्टहरुकोसमेत सहमतिमा स्थापति हुने राजसंस्था हाम्रो परिकल्पना हो। त्यसकारण राजाले मेरोलागि दल खोलिदेउ भनेर अथवा हामी आफूलाई परिचालित गर्न दल खोलेको हैन। त्यसकारणले हाम्रो दैनिक गतिविधिमा राजसंस्थाको कुनैपनि भूमिका रहेको छैन।

महाधिवेशनभन्दा अगाडि राजासँग कुनै संवाद अथवा भेटघाट भएको थियो?

मैले धेरै पटक सार्वजनिक कार्यक्रममा पनि भन्दै आएको छु। महाधिवेशनभन्दा अगाडि सामूहिक रुपमा अहिले निर्वाचित हुनुभएको धवल शमशेर राणाजी र मैले भेट गर्‍याैं अब हामीले नेतृत्व परिवर्तनको दिशा तिर पार्टीलाई लैजानुपर्छ र त्यसकोलागि हामी तयार हुनुपर्छ भनेर म अध्यक्ष र धवलजी महामन्त्रीको उम्मेदवारी दिन्छौँ भनेका थियौं।

त्यो भेट भनेको यस्तै सामान्य भेटघाट र कुराकानीमात्र गरेका थियौं। तर अरु कुनै भेटघाट हुने कुराकानी भइराख्ने र कसलाई जिताउने कसलाई हराउने भन्नेकुरा राजासँग भएकोपनि छैन। र त्यहाँबाट कुनै निर्देशनपनि छैन र रहँदैन पनि।

गत महिना नेपाली कांग्रेसको महाधिवेशनमा नेताहरुलाई अब जनताले चोरको मनोविज्ञान बनाउन थालेका छन्,भनेर भाषण गर्नुभयो। उक्त भाषणपछि तपाईंको अभिव्यक्तिलाई केन्द्रविन्दु बनाइयो। चोर किन भन्नुभयो?

त्यहाँ धेरै शिर्ष नेताले मलाई नै भनेको भन्ने लागेर उत्तेजित पनि भए। मेरो हकमा भर्खरै आफ्नो पार्टीको महाधिवेशन सम्पन्न भएको महाधिवेशन प्रतिनिधिहरु तीब्र रुपमा घर फर्कर्ने कार्यक्रम चलिरहेको थियो। म आफ्नो कुरा राखेर हिँडिहाले तरपछि मैले रकर्ड हेर्दा उहाँहरु असाध्यै उत्तेजित भएको देखेँ। तर अहिले धरातलीय यथार्थ भनेको जनताले नेतालाई अहिले राम्रो दृष्टिकोणले हेर्दैनन्।

मलै त्यहाँ भनेको कुरा नै दाहोर्‍याउँछु। अहिले अदालत अदालतजस्तो छैन। सरकार सरकारजस्तो छैन। संसद,संसदजस्तो छैन। राजनीति लिगबाट बाहिर गएको अवस्था छ। अब अदालतलाई, सरकारलाई, संसदलाई ठिक ठाउँमा ल्याउने राजनीतिले हो। राजनीतिनै लिगबाट बाहिर गएको छ। राजनीतिलाई ठिक ल्याउने भनेको नेताले नै हो। तर नेताका प्रति जनताको धारणा गाउँमा गयो भने को नेता आएछ भन्दापनि कुन चोर आएछ भन्ने कुरा यथार्थ हो।

वास्तवमा मैले उहाँहरुलाई भनेको हैन। म स्वमंलाई राखेर भनेको हो। हामी सबै चोरहरु भन्ने गरेको छ। त्यसकारण सबैभन्दा पहिले नेताले आफ्नो छवि सुधार्नु पर्यो। हामीले आफूलाई सुधार्नु पर्यो। र मैले त्यहीँ त्यो कुरा किन भनेको हो भने,वास्तवमा त्यो मञ्चमा बसेको त्यती नेतामात्र सुध्रिने हो भने,यो देशलाई सुध्रिन र सुधार्न कसैले रोक्दैन।

त्यसैले त्यहाँ रहेका बहालवाला प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीको चेत पलाई हाल्छ कि, आत्मबोध भइहाल्छ कि भनेर त्यो कुरा राखेको हो । तर हामीलाईनै भनेको हो भनेर आक्रोश पोख्नु भएछ। त्यसैले म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। किनकि उहाँहरुले आक्रोश नपोख्नु भएको भएको भए यो कुराले चर्चा नै पाउने थिएन। र अहिले देशभर नै ठिक भनिस् भन्नेको संख्या धेरै भएको छ।

यो कुरा भन्दै गर्दा माहोल हेरेर भन्नुभएको थियो कि भन्छु नै भनेर पूर्व योजना थियो ?

त्यस्तो केही हैन। मैले अरुको कार्यक्रममा मुलतः शुभकामना दिने हो। तर एउटा शुभकामनासँगै थोरै समयभित्रै एउटा संदेशपनि दिनुपर्‍याे  भनेर भनेको हो।
कुनै दलको आलोचना, कुनै नेताको आलोचना गर्नुभन्दा पनि राष्ट्रिय राजनीति र परिस्थितिको बारेमा संदेश मुलक केही कुरा गरौँ भनेर भनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *